रसुवा बाढी अपडेट : ७ जनाको शव भेटियो

होमल्याण्ड खबर

२०८३ भाद्र १० गते, बुधबार १४:१३ मा प्रकाशित

रसुवामा आएको बाढीका कारण ७ जनाको मृत्यु भएको पुष्टि भएको छ । नेपाल प्रहरीका अनुसार नुवाकोटमा ४ र धादिङमा ३ जनाको शव भेटिएको छ ।
बागमती प्रदेश प्रहरी प्रमुख डीआईजी दिपक रेग्मीले संचार माध्यमसँग कुरा गर्दै शव भेटिएको पुष्टि गरे । ‘दुई जना घाइतेलाई उपचारका लागि काठमाडौं पठाएका छौं,’ उनले भने ।