पृथ्वी राजमार्गको धादिङ सडक पूर्ण रूपमा अवरुद्ध, कहिले खुल्छ ?

होमल्याण्ड खबर

२०८३ भाद्र ११ गते, बिहीबार १६:३० मा प्रकाशित

तिब्बतबाट रसुवा हुँदै आएको बाढीका कारण पृथ्वी राजमार्गको धादिङ सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । धादिङको गल्छीदेखि गजुरीसम्मका ५ ठाउँमा सड्क अवरुद्ध भएको सुरक्षा अधिकारीहरूले बताएका छन्।

धादिङको गलौँदी, जरेखेत र बैरेनीमामा पर्ने पृथ्वी राजमार्गको सड्क खण्डमा लेदेले सड्क पुरिएको छ। सडक विभागसँग समन्वय गरेर लेदो हटाउने काम भइरहेको बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) राजेन्द्र धमलाले रा बताए।

उनले भने, ‘अवरोध हटाएर सड्क खुलाउने प्रयास भइरहेको छ।’ बाढीले ल्याएको लेदो र रुखहरू सडकमा अड्किएका छन् । अवरोध हटाउन डोजर र स्काभेटर प्रयोग गरिएको छ । लेदो र भाँचिएका रुखहरू हटाउने काम सकिएपछि सडक सुचारु गरिने एसएसपी धमलाले जानकारी दिए।