१८ भाद्र २०८३, बिहीबार
प्रतिनिधि सभा बैठककै क्रममा एकाएक ढल्न पुगेका सांसद भरत खड्कालाई उपचारका लागि वीर अस्पताल लगिएको छ । बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा रास्वपाका सांसद सोम शर्माले बोलिरहेका बेला उनी आफ्नै कुर्सीबाट एकाएक ढल्न पुगेका थिए ।
उनमा ग्लुकोजको मात्रा बढी भएको प्रारम्भिक स्वास्थ्य जाँचका क्रममा देखिएको छ ।

