३० कार्तिक २०८१, शुक्रबार
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली आज भारत जाँदैछन् ।
भारतीय विदेश मन्त्रालयको सहकार्यमा स्वतन्त्र थिंक ट्याङक् ‘अब्जर्भर रिसर्च फाउण्डेशन’ले आयोजना गर्ने ‘रायसिना संवादको चौथो संस्करण’मा भाग लिन उनी भारत जान लागेका हुन् ।
पराराष्ट्र मन्त्रालयका अनुसार, मन्त्री ज्ञवालीले फाण्डेशसनको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
भ्रमणका क्रममा उनले भारत सरकारका उच्च अधिकारीसँग भेटघाट गर्नेछन् । मन्त्री ज्ञवाली शुक्रबार स्वदेश फर्किने कार्यक्रम छ ।