३० कार्तिक २०८१, शुक्रबार
राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीका अवसरमा आयोजित कार्यक्रममा सहभागी भएकी छन् । सिंहदरबार मूलगेट अगाडि रहेको पृथ्वीनारायण शाहको सालिक नजिक आयोजित कार्यक्रममा राष्ट्रपति सहभागी भएकी हुन् । सो अवसरमा उनले पृथ्वीनारायण शाहको सालिकमा पुष्पगुच्छा अर्पण गरेकी थिइन् ।
हरेक वर्ष पुस २७ गतेलाई राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीको रुपमा मनाइँदै आएको छ । सरकारले यस दिन दिँदै आएको सार्वजनिक बिदा कटौती गरेको छ । शाहको जन्मदिन पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसका रुपमा सरकारी तहबाटै मनाइन्थ्यो । राष्ट्रपति सहभागी भएको आजको कार्यक्रम भने सरकारले नै आयोजना गरेको हो । आज बिहान आयोजित प्रभातफेरीमा उपप्रधानन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल तथा सञ्चारमन्त्री गोकुल बास्कोटा सहभागी भएका थिए ।
प्रज्ञा भवनबाट अघि बढेको प्रभातफेरी सिंहदरवारको मूल गेट अगाडि रहेको पृथ्वीनारायण शाहको शालिक अगाडि पुगेर समापन भएको थियो ।
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले अलग अलग सन्देशमार्फत् पृथ्वी नारायण शाह नेपाल एकीकरणका नायक भन्दै उनको योगदान नेपाली जनताले कहिल्यै नबिर्सने बताएका छन् ।