३० कार्तिक २०८१, शुक्रबार
प्रदेश १ को हिउँदे अधिवेशन माघ २० गतेबाट सुरु हुने भएको छ ।
बुधबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले माघ २० गतेबाट आह्वान गर्ने निर्णय गरेको हो ।
हिउँदे अधिवेशनमा प्रदेशको नाम र राजधानी तोक्न सरकारले गृहकार्यसमेत सुरु गरेकोले यो अधिवेशनलाई निकै महत्वका साथ हेरिएको छ ।
सरकारको सिफारिसमा प्रदेश प्रमुखले अधिवेशन आह्वान गर्ने व्यवस्था छ । प्रदेश सभाको बर्खे अधिवेशन गत असोज २३ गतेसम्म चलेको थियो ।