३० कार्तिक २०८१, शुक्रबार
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियसभा बैठक अवरूद्ध गरेको छ।
सोमबार बैठक सुरू हुनासाथ कांग्रेस सांसदहरूले पूर्वप्रधानमन्त्रीहरू गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा खुलेका अस्पतालहरू संघमार्फत नराखी विघटन गर्न खोजेको भन्दै उठेर विरोध जनाएपछि बैठक अवरुद्ध भएको हो ।
कांग्रेसको अवरोधका कारण राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक आधा घण्टाको लागि स्थगित गरेका छन्।