३० कार्तिक २०८१, शुक्रबार
राप्रपा अध्यक्ष कमल थापाले धर्म, संस्कृति र पहिचानको रक्षाका लागि एक पटक सबै उठ्नुपर्ने बताएका छन् ।
‘हिन्दूत्व जनजाँगरण अभियान’ अन्तर्गत हेटौँडा–६ मा उक्त पार्टीद्वारा मंगलबार आयोजित घरदैलो कार्यक्रममा बोल्दै अध्यक्ष थापाले धर्म, संस्कृति र पहिचानको रक्षाका लागि एक पटक सबै उठ्नुपर्ने समय आएको बताएका हुन् ।
राप्रपा कुनै धर्मको विरोधी नभएको भन्दै धर्म निरपेक्षताले मुलुकमा धार्मिक सद्भाव र द्वन्द्व निम्त्याइएको भन्दै थापाले गरीबी र अशिक्षाका कारण धर्म परिवर्तन गराइएको र यसलाई रोकिनुपर्ने बताए ।
फरक प्रसङ्गमा बोल्दै थापाले वाइड बडी विमान काण्ड, सुन काण्ड र विदेशमा राखिएको कालो धन छानबिनको विषयमा सरकार उदासीन हुनु दुर्भाग्यपूर्ण भएको बताए ।
निर्मला पन्तको विषयलाई अहिलेसम्म टुङ्गोमा पुर्याउन नसक्नु सरकारको निमित्त लज्जाको विषय भएको भन्दै उनले देशमा विधिको शासन नरहेको र जसले जे गरे नि हुने अवस्था आएकोले लोकतन्त्रको निमित्त घातक हुनसक्ने बताए ।