आजको संसद बैठकमा पनि काँग्रेसको विरोध, १५ मिनेटको लागि बैठक स्थगित

होमल्याण्ड खबर

२०७५ माघ ८ गते, मंगलवार १५:३८ मा प्रकाशित

नेपाली काँग्रेसले मंगलबारको प्रतिनिधि सभा बैठकमा पनि विरोध जनाएको छ । सोमबार दुबै संसदको बैठकमा कार्यसूची अघि बढाउन अवरोध खडा गरेको हो । प्रतिनिधि सभा बैठक सुरु भएलगत्तै प्रतिनिधि सभाका काँग्रेस सांसद्हरुले उठेर विरोध गरेका छन् ।

बैठकको सुरुमै कांग्रेस नेता प्रकाशमान सिंहले सभामुखसँग समय लिएर बोल्दै गिरिजाप्रसाद र सुशील कोइरालाको नाममा खोलिएका अस्पताल बन्द गर्न खोजेको भन्दै आपत्ति जनाए ।
काँग्रेसले केन्द्र सरकार मातहत राखेर गठन आदेश समेत स्वीकृत नगरेसम्म संसद चल्न नदिने कांग्रेसको अडान छ ।

सोमबार विरोधपछि सभामुख कृष्णबहादुर महराले काँग्रेसका एक प्रतिनिधिलाई बोल्ने समय दिएपछि काँग्रेसका संसदीय दलका उपनेता विजय कुमार गच्छदारले सरकारले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा खुलेका स्वास्थ्य संस्थालाई स्वीकृति नदिएकोमा विरोध जनाएका छन् ।

नेता सिंहले भनाइ राखिसक्ने वित्तिकै उठेका कांग्रेसका सांसदहरुले रोष्टम अगाडि होहल्ला गरिरहेपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।