सानेपामा नेविसंघको नाराबाजी

होमल्याण्ड खबर

२०७५ माघ १० गते, बिहीबार १३:१४ मा प्रकाशित

भ्रातृ संगठन नेबिसंघको म्याद थप गर्न नहुने माग राख्दै बिध्यार्थी नेताहरु कांग्रेस पार्टी कार्यालयमा नाराबाजी गरिरहेका छन । नैनसिंह महर नेतृत्वमा रहेको केन्द्रीय कार्यसमितिबाट राजीनामा दिएका बिध्यार्थी नेताहरुले म्याद थप गर्न नहुने भन्दै नाराबाजी गरिरहेका हुन ।

अहिलेको कार्यसमितिले १२ औं महादिबेशन गर्न नसक्ने दावी गर्दै संस्थापन समुहका ७ पदाधिकारी र संस्थापन इतर समुहका सहमहामन्त्रीसहित ४५ जनाले केही दिन अघि पदबाट राजीनामा दिएका थिए ।

यसैबीच आजको केन्द्रीय कार्यसमिति बैठकमा नेबिसंघको म्यादका बारेमा कुनै छलफल नहुने भएको छ । उपसभापती बिमलेन्द्र निधिले बैठकमा महासमितिले पारित गरेका विभिन्न प्रतिबेदन परिमार्जन, नेबिसंघको म्याद थप र समसामयिक राजनितिक बिषयमा छलफल गरिने एजेण्डा भए पनि आजको बैठकमा नेबिसंघ बारे छलफल नहुने बताए ।

उनले आज पुर्वप्रधानमन्त्रीहरुको नाममा खुलेका अस्पताल र प्रतिपक्षी दलको नेताको अनुपस्थितिमा सरकारले संबैधानिक परिषदमा गरेको निर्णयको बारेमा छलफल र निर्णय हुने जानकारी दिए ।