३० कार्तिक २०८१, शुक्रबार
नेपाली कांग्रेसले माघ २१ देखि राष्ट्रव्यापी विरोध प्रदर्शन गर्ने भएको छ ।
आज माघ १६ गते सहिद दिवसको अवसरमा सहिदहरुप्रति श्रद्धा प्रकट गर्दै कांग्रेसले राष्ट्रव्यापी विरोध प्रदर्शन गर्ने घोषणा गरेको हो ।
कांग्रेसले माघ २१ गते देशव्यापी रुपमा विरोध सभा गर्ने बताएको छ । कांग्रेसले विरोध सभाको अन्तिम तयारी पूरा पनि बताएको छ । कांग्रेसले विरोध प्रदर्शन आयोजना गरिनुका कारण र मुद्दा पनि तय गरेको छ ।
कांग्रेसले राष्ट्रव्यापी विरोध प्रदर्शनका कारण र मुद्दाहरु यस प्रकार छन् ।
१) संसदमा माघ ११ गते भएको बलजफ्तीको घटना, प्रधानमन्त्री स्वयंको अग्रसरतामा भएको सम्झौता विपरीत चिकित्सा शिक्षा विधेयक पारित गर्ने कार्य र डा गोविन्द के सी को अनसनप्रति संवेदनहीन व्यवहार ।
२) स्वर्गीय नेताहरु— गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा रहेका जी.पी. कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र, तनहुँ र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, बाँकेलाई नामेट गर्न सरकारले गरेको दुष्प्रयास ।
३) प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाको उपस्थिति विना संवैधानिक परिषद्को बैठक राख्नु र नियुक्तिका केही निर्णय गर्नु लोकतान्त्रिक मूल्य र परम्परा विपरीतको घटना ।
४) देशव्यापी रुपमा बढेको हिंसा, हत्या र बलात्कार जस्ता जघन्य अपराध नियन्त्रण गर्न सरकार असफल देखिएको छ । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको ६ महिना पुगी सक्दा पनि दोषी पत्ता लगाउन त परै जावस् निर्दोषलाई दोषी ठह¥याउने षडयन्त्र ।
५) महंगी, भ्रष्टाचार एवं अनेकौं जनविरोधी निर्णयहरू ।
६) जिल्ला स्तरमा रहेका स्थानीय मुद्दाहरू ।
त्यस्तै कांग्रेसले भ्रष्टाचारका मुद्दाहरुलाई पनि अगाडी ल्याएको छ । ती मुद्दाहरु यस प्रकार छन् ।
१) वाइडबडी जहाज खरिदमा भएको अर्बौको घोटालाका बारे गम्भीर ढंगले गहिरो छानवीन गर्न हामीले संसदमा र सार्वजनीक रुपमा पनि आवाज उठाउदै आएका छौं । माघ २१ को विरोध प्रदर्शन मार्फत यसका लागि थप दबाब श्रृजना गरिने छ ।
२) नेपाल देश आफैले निर्माण गर्नु उपयुक्त हुने र गर्न सकिने ठहर गरिएको वुढी गण्डकी बहुउदेश्यीय परियोजना विना प्रतिश्पर्धा विदेशी कम्पनीलाई सुम्पीनुका पछिल्तीर, के रहस्य लुकेको छ । माघ २१ को प्रदर्शनमा यो विषय पनि सम्मिलित रहनेछ ।
३) आवश्यकता भन्दा दोब्बर बढी रुख काट्ने प्रस्तावका कारण उत्पन्न विवाद अन्त्य गरी, निजगढ विमानस्थल निर्माण गर्ने प्रकृयामा ढिलासुस्तीको विषय माघ २१ को प्रदर्शनमा गरिनेछ ।
४) ३३ किलो सुन काण्डमा “ठुला माछा” हरु सरिक छन् भनेर गृहमन्त्री स्वयंबाट आएको अभिव्यक्ति अनुरुपका ति ठुला माछा को हुन् र सरकार किन तिनलाई पक्राउ गरिरहेको छैन रु माघ २१ को प्रदर्शनमा यो विषय पनि उठ्नेछ ।
५) कांग्रेसल प्रदेश ५ मा प्रदेश सभा सचिवालयले ११ वटा गाडी खरिद गर्दा वास्तविक वजार मुल्य भन्दा बढी निकासा गरी गरिएको भ्रष्टाचारमा कार्वाहीका लागि दबाब बढाउन आगामी प्रदर्शनमा यी मुद्दाहरु जोडिने बताएका छन् । उनिहरुले संघीयताको सम्वद्र्धन र रक्षाका लागि आम नागरिकलाई प्रदर्शन मार्फत अपील गर्ने पनि बताएका छन् ।