३० कार्तिक २०८१, शुक्रबार
आज बस्ने संसदको बैठकमा प्रमुख विपक्षी दल नेपाली कांग्रेसले अवरोध नगर्ने भएको छ ।
डा. केसीको अनसन अन्त्य भएको र कांग्रेसका पूर्वसभापतिद्वयको नाममा रहेका दुई अस्पताललाई संघीय सरकार मातहत नै ल्याउने निर्णय सरकारले गरे पछि आइतबार दिउँसो ३ बजे बस्ने लागेको संसद् बैठकमा कांग्रेसले अवरोध नगर्ने भएको हो ।
बैठकमा विपक्षी दलका नेता शेरबहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यसपछि संसद सुचारु हुने कांग्रेसले जनाएको छ ।
डा. केसीको अनसनको सुनुवाइ गर्नुपर्ने र पूर्वप्रधानमन्त्रीद्वयका नाममा रहेको अस्पताललाई संघीय सरकार मातहत ल्याउनु पर्ने माग गर्दै कांग्रेसले यसअघि पटक पटक संसद् बैठक अवरोध गर्दै आएको थियो ।