३० कार्तिक २०८१, शुक्रबार
नेपाल विद्यार्थी संघ (नेविसंघ)का अध्यक्ष नैनसिंह महर पक्राउ परेका छन् ।
मंगलवार दिउँसो १ बजे नेविसंघ अध्यक्ष महरसहित ११ जना नेता कार्यकर्ता काठमाडौंको बानेश्वरबाट पक्राउ परेका हुन् ।
शनिवार पोखरामा भएको घटनामा झुटो मुद्दा लगाएर थुनामा राखिएका विद्यार्थी नेताहरुलाई विनाशर्त रिहाई गुर्नपर्ने माग राख्दै निकालिएको र्यालीबाट आफु सहितका नेताहरुलाई पक्रउ गरिएको नेपाल तारासँगको कुराकानीमा अध्यक्ष महरले जानकारी दिए ।
पक्राउ पर्नेमा उपाध्यक्ष नविन राई लगायत अन्य नेता कार्यकर्ता रहेका छन् । प्रहरीले महरसहित ७ जनालाई महेन्द्र पुलिस क्लवमा राखेको छ भने बाँकी ४ जनालाई महानगरीय प्रहरी वृत्त गौशालामा राखेको छ ।
जिल्ला प्रशासन कार्यालय कास्कीले गाडी जलाएको आरोपमा आइतबार नेविसंघका ३ जना कार्यकर्ता विरुद्ध सार्वजनिक अपराधको मुद्दा दायर गरेको थियो ।