३० कार्तिक २०८१, शुक्रबार
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को कार्यदल बैठक आज बस्दैछ ।
पार्टी एकीकरणको संगठनात्मक प्रस्ताव टुंगो लगाउन गठन गरिएको कार्यदलको बैठक आज बस्न लागेको हो ।
बैठकमा बाँकी विषय टुंग्याएर जाने कि अहिलेसम्मका प्रगतिको रिपोर्ट तयार गरी सचिवालयलाई जिम्मा दिने भन्ने विषयमा छलफल गर्न दिउँसो २ बजे बोलाइएको छ ।
पुस मसान्तभित्र काम सक्नेगरी जिम्मेवारी पाएको कार्यदलले माघ महिना सकिन लाग्दासमेत जिम्मेवारी पूरा नगरेपछि सचिवालयले दुई दिनभित्र अपूरै प्रतिवेदन माग गरेपछि कार्यदल छलफलमा जुट्न लागेको हो ।
गठन भएयता ६ पटक बैठक बसेको कार्यदलले अहिलेम्म विधानमा भएका त्रुटी सच्याउनेबाहेक अरु काम गरेको छैन ।