३० कार्तिक २०८१, शुक्रबार
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा, चन्द्र भण्डारीले वर्तमान सरकारले भेनेजुयलाको विषयलाई लिएर देशको परराष्ट्र नीतिमा नै उतारचढाव गराएको बताएका छन् ।
शनिबार सदरमुकाम तम्घासमा नेपाली कांग्रेसको भातृसङ्गठन नेपाल विद्यार्थी संघ गुल्मीको १२ औं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै नेता भण्डारीले यस्तो बताएका हुन् ।
उनले अहिले सरकारमा बसेकाहरुले भेनेजुयलाको विषयलाई लिएर देशको परराष्ट्र नीतिमा नै उतारचढाव गराएको बताए।
संविधान कार्यान्वयनको लागि वर्तमान अवस्थामा सत्तापक्ष र प्रतिपक्ष दुवै मिलेर जानुपर्ने बेला सरकारमा बसेका मन्त्री र नेताहरुले मनपरि ढंगवाट बोल्दै जाने हो भने भोली देशको स्थीति के होला भन्दै नेता भण्डारीले सरकारलाई प्रतिप्रश्न गरेका छन् ।
नेपालमा कम्यूनिष्टहरु सत्ता र आर्थिक प्रलोभनमा फसिरहँदा मुलुक अत्यन्तै जटिल अवस्थामा पुग्न सक्ने नेता भण्डारीले बताएका छन् ।
वर्तमान सरकारले संविधान कार्यान्वयन गर्ला, भष्ट्राचार न्यूनिकरण गर्ला, महंगी नियन्त्रण गर्ला, रोजगारका अवसर सिर्जना गरि जनतालाई केही राहत प्रदान गर्ला र देशलाई विकासको विकासको गतिमा तिव्र रुपमा अघि बढाउला भन्दा सरकारले विपरित काम गरेको र देशमा दिनानुदिन भ्रष्टाचारीहरु बढ्दै गएको आरोप लगाएका छन् ।
अधिवेशनमा करिब विद्यार्थी, नेविसंघका केन्द्रीय सदस्यहरु र विभिन्न भातृ संगठनका व्यक्तिको उपस्थित रहेको थियो अधिवेशन आज पनि जारी रहेको आयोजकले जनाएको छ ।