२३ फाल्गुन २०८२, शनिबार
नेपाली क्रिकेटर सोमपाल कामीले अन्तर्रराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले जारी गरेको टी–२० क्रिकेटको बलिङ बरियतामा ठूलो फड्को मारेका छन् ।
उनले एक्कासी २२ स्थान अगाडि आउँदै नेपालका अर्का बलर बसन्त रेग्मीलाई समेत उछिनेका छन् । यसअघि ९२ औं स्थानमा रहेका सोमपाल २२ स्थानमाथि उक्लिदै ७० औं वरियतामा आइपुगेका हुन् । सोमपाल अलराउण्डरतर्फ पनि ५१ औं स्थानमा छन् ।


त्यस्तै, बलिङतर्फ नै नेपालका बसन्त रेग्मीले पनि वरियता सुधार गरेका छन् । उनी ७१ औं स्थानमा आइपुगेका छन् । अलराउन्डरतर्फ कप्तान पारस खड्काले ४० औं स्थानमा उक्लिएका छन् । उनले पारसले ७६ रेटिङ अंक पाउँदै ४० स्थानमा पुगेका हुन् । ब्याटिङतर्फ भने कप्तान पारस ९० औं स्थानमा छन् ।
टि–ट्वान्टी क्रिकेटको ब्याटिङ वरियताको शीर्ष स्थानमा भने पाकिस्तानका बाबर अजाम बलिङतर्फ अफगानिस्तानका बलर राशिद खान र अलराउन्डरमा अष्ट्रेलियाका ग्लेन म्याक्सवेल यथावत रहेका छन् ।