३० कार्तिक २०८१, शुक्रबार
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले विधि विपरित काम गरिरहेको बताएका छन् ।
मंगलबार नेपाल प्रेस युनियन चितवनले भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले सरकारले सहि काम गर्न नसकेको भन्दै यस्तो आरोप लगाएका हुन् ।
पौडेलले भने, ‘जनताले यो सरकार मार्फत छलाङ मार्ने आशा राखेका थिए, दुई तिहाईको कम्युनिस्ट सरकार चुस्त दुरुस्त होला भन्ने सोचेका थिए, त्यो पुरा हुन नसक्दा जनतामा निराशा छाएको छ ।’
दुई तिहाईको सरकारबाट जनताले गरेको अपेक्षा पुरा नगर्दा जनतामा तुषारापात छाएको बताए भन्दै उनले भने, ‘यो सरकारको गति पनि छैन, विधि पनि छैन, मनलाग्दी गर्दै हिँडेको छ ।
सरकारको काम तथा कारवाही प्रति कडा रुपमा प्रस्तुत भएका नेता पौडेलले प्रमुख प्रतिपक्षि दलको हैसियतले आफुहरु पनि सरकारको कामको निगरानी गरिरहेको बताए ।