देशलाई सफल बनाउनका लागि एक दुई जना नेता वा समुह मात्रै लागेर हुँदैनः अध्यक्ष दाहाल

होमल्याण्ड खबर

२०७५ फाल्गुन १ गते, बुधबार १३:२५ मा प्रकाशित

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशलाई सफल बनाउनका लागि एक दुई जना नेता वा समुह मात्रै लागेर नहुने बताएका छन् ।

बुधबार जनयुद्ध दिवसलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले सबै कम्युनिष्टहरुलाई एकतावद्ध हुन आग्रह गर्दै यस्तो अभिब्यक्ति दिएका हुन् ।

प्रचण्डले भने, ‘समृद्धिको यात्राका लागि सबै कम्युनिष्टहरु एक भएर विश्वलाई नै उदाहरण प्रस्तुत गर्न गर्नुपर्दछ एक दुई जना नेता वा समुह मात्रै लागेर यो कार्य सम्भव छैन।’

उनले मोहन वैद्य र नेत्रविक्रम चन्दलाई लक्षित गर्दै एकतामा आउन आउन आग्रह गरे । उनले भने, ‘समाजवादको जग बसाल्नुको विकल्प छैनभन्दै एकतामा आउनुहोस्’

मदन भण्डारीको स्मृति दिवसमा पार्टी एकता र फागुन एक गते जनयुद्ध दिवस मनाउने विषयमा पार्टीभित्र सर्वसम्मत भएको दावी गरेका उक्त कार्यक्रममा अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली भने सहभागि थिएनन् ।

पूर्व एमालेकोतर्फबाट हालको नेकपाका सचिवालयका महासचिव विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ भने सहभागी थिए ।