३० कार्तिक २०८१, शुक्रबार
चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीकी केन्द्रिय सदस्य भृकुटी उपाध्यायले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले शहीदहरुको सपनामाथि होलि खेलिरहेको आरोप लगाएकी छन् ।
बुधबार जनयुद्ध दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै भृकुटीले जनयुद्ध सुरु गर्दाको उद्देश्य, सहिदहरुको बलिदान र नेपाली जनताको त्याग र समर्पणमाथि दाहालले तुषारापात गरिरहेको भन्दै यस्तो अभिब्यक्ति दिएकी हुन् ।
उपाध्यायले जनताको जनवादी व्यवस्था ल्याउने उद्देश्यका साथ पार्टीले जनवादी आन्दोलनको सुरु गर्नु परेको दावी गर्दै संसदीय राजनीतिको फोहोरी खेलविरुद्ध सुरु गरिएको जनयुद्धलाई धोका दिनेहरुले १५ हजारभन्दा बढी जनयुद्धका शहीदहरुको अपमान गरेकोले त्यसका विरुद्ध आन्दोलनमा आउन सबैलाई आह्वान समेत गरिन् ।
चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले जनयुद्ध दिवसको अवसर पारेर काठमाडौंमा ¥यालीसहितको प्रर्दशन गरेको थियो ।