३० कार्तिक २०८१, शुक्रबार
प्रधानमन्त्री केपी ओलीले सरकार गठन भएको एक वर्ष पूरा भएको अवसर पारेर बिहीबार देशबासीका नाममा सम्वोधन गर्ने भएका छन् ।
बिहीबार दिउँसो चार बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारबाट देशबासीका नाममा गरिने सम्बोधनमा सरकारले एक बर्षभित्र गरेका कामको बारेमा जानकारी गराइने छ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार सरकार गठन भएदेखि हालसम्म सरकारले गरेका उपलब्धिलाई समेटेर प्रधानमन्त्रीले सम्वोधन गर्ने तयारी गरेका हुन् । केपी ओलीको नेतृत्वमा २०७४ फागुन ३ गते सरकार गठन भएको थियो । सरकार गठन भएको एक वर्ष शुक्रबार पूरा हुँदैछ ।
ओली नेतृत्वमा सरकार गठन भएको एक वर्ष्भित्र सरकारले केही राम्रा कामको सुरुवात गरेको छ भने जनताको दैनिक जीवनसँग सरोकार राख्ने काम सरकारले गर्न नसकेको भन्दै आलोचना पनि हुने गरेको छ ।