१२ मंसिर २०८१, बुधबार
भारतले कोलकाताबाट नेपाल जाने कार्गोमा ‘इलेक्ट्रिक ट्रयाकिङ सिस्टम’ प्रयोगमा ल्याएको छ । त्यसले सीमा क्षेत्रको औपचारिकतालाई सामान्यीकरण गर्नुका साथै समयको समेत बचत हुने जनाइएको छ । यसैगरी कार्गोको सुरक्षालाई बजबुत पार्नुका सार्थै दुईपक्षीय व्यापारलाई अझ सुदृढ गर्ने जनाइएको छ ।
इलेक्ट्रोनिक कार्गो ट्रयाकिङ्ग सिस्टम(इसीटीएस)को प्रयोग अप्रत्यक्ष कर र भन्सार सम्बन्धी केन्द्रीय विभागले गएको शुक्रबारदेखि लागु गरेको जनाइएको छ । नेपाललाई पारवहन सुविधा सरलीकृत गर्नका लागि यो प्रणाली लागु गरिएको भारत सरकारका तर्फबाट जानकारी दिइएको छ । यो खालको प्रणाली बिशाखापट्टनम बन्दरगाहमा अगष्ट २०१८ देखि नै लागु गरिएको थियो । (हिन्दुस्तान टाइम्सबाट)