सुर्या लाइफको हकप्रद निष्कासनका लागि सेबोनमा निवेदन

होमल्याण्ड खबर

२०७४ पुष २७ गते, बिहीबार ०९:४७ मा प्रकाशित

सुर्या लाइफ इन्स्योरेन्स कम्पनीले हकप्रद शेयर निष्कासनको लागि सेबोनमा निवेदन दिएको छ ।

कम्पनीले १० बराबर ४ अनुपातमा रू. एक सय अङ्कित दरको २८ लाख ८७ हजार ५ सय कित्ता हकप्रद शेयर निष्कासन गर्नको लागि यही सोमवार निवेदन दिएको हो । विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।