१२ मंसिर २०८१, बुधबार
नेपालका लागि निशान मोटर्सद्वारा उत्पादित गाडीहरुको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रा.लि.ले लामो समयदेखि प्रतिक्षामा रहेको निसानको उत्कृष्ट गाडी किक्स फागुन ५ गतेदेखि बजारमा ल्याएको छ । किक्स गाडीले आफ्ना ग्राहकहरुलाई विशेष सुविधासहित आरामदायी सेवा दिने कम्पनीले जनाएको छ । यसको फराकिलो भित्री भाग र स्टाइलिष्ट (आकर्षक) बाहिरी भागले ग्राहकहरुलाई आकर्षित गर्नेछ ।
अति राम्रा विशेषतासहित सुरक्षाको हिसावले अब्बल मानिएको किक्स गाडी नेपाली बजारमा ईन्ट्री लेभलको रु. ४७ लाख ९९ हजारमा र टप लेभलको रु. ५९ लाख ९९ हजारमा पाइनेछ ।
यसका अन्य कतिपय विशेषता छन्, जसमा ८ इन्चको टचस्क्रिन जसलाई एन्ड्रोइड तथा एप्पल प्रणालीद्वारा सञ्चालन गर्न सकिन्छ साथै एलईडी प्रोजेक्टरको हेड ल्याम्प, अटोमेटिक क्लाइमेट कन्ट्रोल, कूल र इलुमिनेटेड ग्लोभ बक्स, क्रुज कन्ट्रोल, भ्वाइस रिकग्निसन, गाडी स्टाटको लागि साँचो नचाहिने स्मार्ट कार्ड, चालकको लागि हाइट मिलाउन मिल्ने सिट, दुईवटा एयरब्याग र ईबीडी र बीए सहितको एबीएस समावेश गरिएको छ ।
यो एसयुभी गाडी डिजेल ईन्जिनमा एक्स एल, एक्सभी, एक्सभी प्रिमियम गरी तीन प्रकारका र पेट्रोल ईन्जिनमा एक्सएल र एक्सभी गरी दुईप्रकारका रहेका छन् । यसैगरी नयाँ निसान किक्स पर्ल ह्वाइट, ब्लेड सिल्भर, ब्रोजन ग्रे फायर रेड, एम्बर अरेन्ज, जीप ब्लु पर्ल र नाइट सेड गरी जम्मा ७ प्रकारका विभिन्न कलरमा पाइनेछन् ।
बिक्री प्रारम्भ गरिएको समारोहमा, पायोनियर मोटो कर्पका प्रबन्ध निर्देशक सन्दीपकुमार सारदाले विश्वस्तरीय नयाँ सवारी साधन नेपाली उपभोक्तासँग ल्याउन सकेकोमा खुसी व्यक्त गरे । यसको स्टाइलिस डिजाइनले यसको क्षमता र ड्राइभिङ्ग डाइनामिक्सलाई परिपूरकको काम गरेको छ ।