आज पनि सुनचाँदीको मूल्य बढ्यो

होमल्याण्ड खबर

२०७५ फाल्गुन ६ गते, सोमबार १२:४० मा प्रकाशित

आज सुनचाँदीको मूल्य बढेको छ । बजारमा आइतबारको तुलनामा साेमबार सुन २ सय र चाँदी ५ रुपैयाँले बढेको हो ।

बजारमा आज छापावाला सुन प्रतितोला ६२ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ६२ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदी प्रतितोला ७ सय ८० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।