जनताको ८ औं वार्षिक साधारणसभा सम्पन्न

होमल्याण्ड खबर

२०७४ पुष २८ गते, शुक्रबार ०९:४६ मा प्रकाशित

जनता बैङ्कले ८ औं वार्षिक साधारणसभाले १४ दशमलव ४ प्रतिशत  बोनस शेयर पारित गरेको छ । शुक्रवार सम्पन्न भएको बैङ्कको साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो । सो सभा बैङ्कका अध्यक्ष केशवबहादुर रायमाझिको उपस्थितिमा सम्पन्न भएको हो ।

गत आवमा जनता बैङ्क नेपाल, त्रिबेणी विकास बैङ्क र सिद्धार्थ डेभलपमेण्ट बैङ्क एक आपसमा गाभिएर  जनता बैङ्क नेपाल बनेको थियो । मर्जर पछिको यो पहिलो वार्षिक साधारण सभा हो । सो सभाले नयाँ सञ्चालकहरु निर्वाचन गरेको छ । संस्थापक समूह तर्फबाट केशवबहादुर रायमाझी, लङ्कबहादुर के.सी. र रामबहादुर भण्डारी निर्वाचित भएका छन् । त्यस्तै, सर्वसाधारण समूह तर्फबाट गैतम प्रसाद खनाल, विनित कुमार अग्रवालर संजिव न्यौपाने निर्वाचित भएका हुन् ।

पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार बैङ्कको साधारणसभाले पारित गरेको बोनस शेयर वितरण गरे पश्चात चुक्तापूँजी रू. ८ अर्ब पुग्नेछ । हाल बैङ्कको चुक्तापूँजी रू. ६ अर्ब ९९ करोड र निक्षेप रू. ५२ अर्ब १७ करोड रहेको छ । बैङ्कले चालू आवमा मर्जर पश्चात दोहोरिएका शाखाहरुको स्थान्तरण तथा थप नयाँ शाखा समेत गरी शाखा सञ्जाल १ सय २४ पुर्याउने लक्ष लिएको छ ।