नयाँ बजारमा सिद्धार्थ बैंकको शाखा

होमल्याण्ड खबर

२०७५ फाल्गुन ७ गते, मंगलवार १६:०५ मा प्रकाशित

सिद्धार्थ बैंकले सोमबार काठमाडौंको नयाँ बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकले उक्त क्षेत्रका सर्वसाधारण तथा उद्यमीमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानीलगायत सम्पूर्ण बैंकिङ सेवा पु-याउने उद्देश्यले उक्त शाखाहरु सञ्चालनमा ल्याएको जनाएको छ ।

त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुक्त इन्टरनेट बैंकिङ सेवा, मेबाइल बैंकिङ सेवा प्रदान गर्दै आइरहेको भन्दै बैंकिङ प्रणालीलाई थप प्रविधिमैत्री बनाउन सिद्धार्थ बैंकले इन्टरनेटको माध्यमबाट आफ्नो रोजाइको बचत खाता खोल्न सकिने सुविधा ल्याएको छ जसले गर्दा ग्राहकहरुलाई थप सुविधा पुग्ने बैंकले जनाएको छ ।