सिभिल बैंकद्वारा बाल विकास समाजलाई एक लाख प्रदान

होमल्याण्ड खबर

२०७५ फाल्गुन ७ गते, मंगलवार १६:३६ मा प्रकाशित

सिभिल बैंकले आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा बाल विकास समाजलाई एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।बैंकका चिफ बिजनेस अफिसर सुजित कुमार शाक्यले बाल विकास समाजका कोषाध्यक्ष सुरेन्द्र ढकाललाई सहयोग रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

देशको भविष्य युवा पुस्ताको हातमा रहेको कुरा मनन गर्दै बाल विकास समाजलाई यो सहयोग गरिएको शाक्यले बताए । सिभिल बैंकले आफ्नो स्थापनाकाल देखि नै बालबालिकाको क्षेत्रमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वको कार्यक्रम अन्तर्गत पाँचखालमा सञ्चालित समाज कल्याण बाल गृहका तीन अनाथ बालकहरूको कक्षा १०सम्मको सम्पूर्ण खर्च विगत ८ वर्ष देखि बेहोर्दै आइरहेको छ । यस बाल विकास समाजसँग पनि बैंकले विगत ३ वर्षदेखि निरन्तर रुपमा सहयोग उपलब्ध गराउँदै आइरहेको छ ।