९ मंसिर २०८१, आईतवार
सिद्घार्थ बैंकको भरतपुर र गैंडाकोटस्थित दुई शाखाहरुको औपचारिक उद्घाटन भएको छ ।
बैंकको भरतपुर शाखाको उद्घाटन प्रदेश नं ३ का सभासद घनश्याम दहाल, उद्योग वाणिज्य संघ(चितवनका अध्यक्ष सहनलाल प्रधान तथा सिद्धार्थ बैंकका सञ्चालक नरेन्द्र कुमार अग्रवालबाट संयुक्त रुपमा भएको थियो भने बैंकको गैंडाकोट शाखाको उद्घाटन गैंडाकोट नगरपालिकाका मेयर छत्रराज पौडेल, उद्योग वाणिज्य संघ(गैंडाकोटका अध्यक्ष अमृत भट्टचन तथा सिद्धार्थ बैंकका सञ्चालक नरेन्द्र कुमार अग्रवालबाट संयुक्त रुपमा भएको थियो ।