१२ मंसिर २०८१, बुधबार
बुटवलको अमरपथमा रहेको शंकरप्लाजामा आगलागी भएको छ।
आईतबार राति करिब ९ः३० बजे लागेको आगो सवा ११ बजे मात्र नियन्त्रणमा आएको थियो।
स्थानीयका अनुसार ५ सय मिटरको दुरिमा रहेको बुटवल उपमहानगरपालिकाको
विद्युत सर्ट भइ शंकर प्लाजामा रहेको लोयल होटलबाट सुरू भएको आगोले होटल सँगै प्रभु बैंकको एटीएम र बिन्दवासिनी फेन्सीमा क्षति पुगेको छ।
आगो नियन्त्रणका लागि बुटवल उपमहानगरपालिका २ वटा सँगै शिद्धार्थनगर, लुम्बिनी र रामग्राम नगरपालिकाबाट थप तीन वटा दमकल र खानेपानी सप्लायर्सको ट्याङ्करको सहायतमा सुरक्षा निकाय र स्थानीको पहलमा नियन्त्रणमा आउको थियो ।
आगलागिबाट मानवीय क्षती भने नभएको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । आगलागी भएपछि होटलमा रहेका मानिसलाई भर्याङ लगाएर बाहिर निकालिएको थियो।