सिद्धार्थ बैंकको भाइबर बैंकिङ सेवा

होमल्याण्ड खबर

२०७४ माघ ५ गते, शुक्रबार ११:४२ मा प्रकाशित

सिद्घार्थ बैंकले प्रविधिमैत्री ग्राहकहरूलाई लक्षित गरी भाइबर बैंकिङ सेवा प्रारम्भ गरेको छ । यस सेवामार्फत ग्राहकहरूले सहज रुपमा आफ्नो मोबाइल, ल्यापटप, ट्याबलेट, कम्प्युटरलगायत अन्य विद्युतीय उपकरणबाट बैंकिङ सेवाबारे जानकारी लिन सक्ने जनाएको छ । भाइबर बैंकिङ सेवा लिन ग्राहकको मोबाइल नम्बर बैंकको सिद्धार्थ बैंक स्मार्ट मोबाइल बैंकिङ सेवामा रजिस्टर गरिएको हुनुपर्ने भन्दै बेकले सिद्धार्थ बैंक स्मार्ट मोबाइल बैंकिङ सेवामा रजिस्टर गरिएको मोबाइलका प्रयोगकर्ता ग्राहकले भाइबर बैंकिङमार्फत खातामा रहेको रकम तथा स्टेटमेन्ट हेर्ने, कर्जा सुविधा, मुद्दती खातालगायत बैंकका अन्य सेवाबारे जानकारी पाउन सक्ने पनि जनाएको छ । यो सेवा बैंकका ग्राहकले मात्र नभई यस बैंकमा खाता नभएका सर्वसाधारणले पनि उपयोग गर्न सक्ने तथा खाता नभएको व्यक्तिले यस सेवामार्फत बैंकका शाखा, एटीएम तथा अन्य सेवासम्बन्धी जानकारी लिनसक्ने जनाएको छ ।