१२ मंसिर २०८१, बुधबार
काठमाडौंको ठमेलस्थित छायाँ सेन्टरमा आठौं नेपाल हब्र्स एक्स्पो २०१९ हुने भएको छ ।
‘गुणस्तरीय जडिबुटी दिगो अन्तर्राष्ट्रिय बजार, प्रोत्साहन र सम्मान जिम्मेवार उद्यमको आधार’ भन्ने मूल नाराका साथ सो मेला सुरु गर्न थालिएको हो ।
नेपाल हब्र्स तथा हर्बलका अनुसार, शुक्रबारदेखि सुरु हुने तीन दिनसम्म चल्ने सो मेलामा ५० वटा स्टल हुनेछन् । नेपालको हिमालदेखि तराईसम्म पाइने जडिबुटीको सचित्र जानकारी दिने आकर्षक स्टल मेलाको मुख्य आकर्षण हुनेछ ।
उक्त एक्स्पोमा ७ वटा कृषि र अन्य प्राकृतिक उत्पादन, १२ वटा प्रमाणीकरण गरिएका अग्र्यानिक उत्पादन, ५ वटा प्रविधि र गुणस्तरसम्बन्धी जानकारी दिने स्टल हुने बताइएको छ ।
त्यस्तै १२ वटामा कस्मेटिक, स्पा र मसाजसम्बन्धी उत्पादन तथा जानकारी केन्द्र, ४ वटा आयुर्वेद तथा क्लिनिक, ७ वटा सुगन्धित वनस्पतिसहितका विरुवा र फूलका स्टल र परम्परागत रूपमा जडिबुटीको सहायताले गरिने उपचार मेलाका मुख्य आकर्षण हुने भएको छ ।
नेपालमा झन्डै ७ हजार प्रजातिका वनस्पति पाइन्छन । यी मध्ये ७ सय प्रजाति जडिबुटी र औषधिजन्य वनस्पति हाम्रा अमूल्य सम्पत्ति हुन् । यस क्षेत्रमा दिनानुदिन व्यापार घाटा बढिरहेको र वैदेशिक मुद्राको अभाव खेपिरहेको नेपालले यस्ता वनस्पतिको सही व्यवस्थापन, प्रचार–प्रसार र उपयोग गर्न सके आर्थिक क्षेत्रमा ठूलो योगदान दिने संघले जनाएको छ ।
मेलामा ४ वटा स्टल नेपाल बाहिरका उद्यमी र खरिदकर्ताका हुने पनि बताइएको छ ।