९ मंसिर २०८१, आईतवार
नबिल बैंकले नियर फिल्ड कम्युनिकेसन (एनएफसी)मा आधारित भुक्तानी, सम्पर्करहित कार्डको सुरुवात गरेको छ । नविनता उन्मुख हु“दै बैंकले नेपालमै पहिलोपल्ट यस्तो प्रविधि सुरु गरेको हो ।
एनएफसीअन्तर्गत उपभोक्ताले पीओएस मेसिनमा कार्ड ट्यापमा गरेर भुक्तानी गर्न सक्नेछन् । एनएफसी अन्तर्गत लुई एनएफसी उपकरणबीच कनेक्सन (सम्बन्ध) स्थापित गर्ने सहज विकल्प हो । जब कुनै ग्राहकले सम्पर्करहित कार्डरिडरमा कार्डलाई ट्याप गर्छन् उक्त कार्डले रिडरलाई कारोबार प्रारम्भ र पूरा गर्न सम्बन्धित तथ्यांकहरूको सञ्चार गर्दछ ।
सम्पर्करहित प्रविधिले सम्भव भएसम्म उपभोक्ताका लागि भुक्तानी गर्ने उत्कृष्ट अनुभव सम्भव पार्ने बैंकले जनाएको छ ।