८ मंसिर २०८१, शनिबार
नेपालका लागि भोल्भो कन्स्ट्रक्सन इक्वीप्मेन्टको आधिकारीक बितरक एक्सप्लोर अर्थमुभर्स प्रालि ११ टन श्रेणीको भोल्भो न्यूमेटिक टायर रोलर बजारमा ल्याएको छ । भारतमा निर्मित यो मेसिन पीटी२२० विशेष गरी सडक निर्माण परियोजना गर्नका लागि विकसित गरिएको हो ।
पीटी२२० मा जर्मनीमा निर्मित १३५ एचपी क्षमताको भोल्भो इन्जिन प्रयोग भएको छ जुन यस इन्जिनको वर्गमा किफायति र बलियो छ । यो मेसिनमा आठवटा रबर टायर छ । यसको तौल ११ देखि २४ टनसम्म गर्न मिल्छ । यस मेसिनमा पूर्ण कबरेजका लागि ओभर ल्यापिङ टायर छन्, जसमा अगाडि र पछाडिका टायरहरू ५० मिमिले ओभर ल्याप हुने गरी राखिएका छन् । पीटी२२० मा अन्य केही विशेषता प्रदान गर्छ जस्तै हाइड्रो स्टाटिक ड्राइभ, आईएसओ स्टाटिक सस्पेन्सन, खियामुक्त पानी वितरण प्रणाली, सिल्ड बालास्टिक कम्पार्टमेन्ट, उच्चतम एम्लिट्युड, सेन्ट्रीफ्युगल बल छन् ।
पीटी२२० मा स्लाइडिङ कन्सोल सहितको २ वटा अपरेटर सिट छ जसले सम्पूर्ण दिशामा दृश्यता प्रदान गर्छ । भोल्भो सीइको दक्षिण कोरियामा स्टेट अफ आर्ट उत्पादन सुविधा छ जसले कडा गुणस्तरीय नियन्त्रण प्रक्रियापालना गर्छ । पीटी२२० भोल्भोको भारतस्थित कारखानामा श्रेष्ठ निर्माण अभ्यासद्वारा निर्माण गरिन्छ र विभिन्न देशमा निर्यात गरिन्छ । कम्पनीले ग्राहकका लागि परिचयात्मक विशेषता स्वरूप विस्तारित वारेन्टी उपलब्ध गराएको छ ।