९ मंसिर २०८१, आईतवार
सिटिजन्स बैंक र इन्डिपेन्डन्ट् रिसर्च एण्ड इन्भेस्ट्मन्ट् कम्पनीबीच तालिम संचालन गर्ने सम्बन्धी सम्झौता भएको छ । यस सम्झौतापश्चात सिटिजन्स बैंकका कर्मचारीहरुको कार्य दक्षता अभिबृद्धिको लागि आईआरआईसीले विभिन्न विषयमा नियमित रुपमा बैंकिङ्ग तालिमहरु प्रदान गर्ने छ ।
यसका साथै आईआरआईसीबीच आईआरआईसीले आयोजना गर्ने विभिन्न किसिमका सम्मेलन, सेमिनार तथा कार्यशालाहरूमा बैंकको सहभागिता रहनेछ ।
प्रोग्रेस”भन्ने नारालाई आत्मसाथ गरी अनवरत रूपले नेपाली जनताको घरदैलोमो बैंकिङ्गसेवा पुर्याँउदै आएको यस सिटिजन्स बैंकले देशैभरी ८१ वटा शाखा, ७५ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
यसका साथसाथै शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवंम गुनासो सुनुवाई जस्ता कार्यहरूे छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने उद्देश्यल्ले बैंकले सात वटै प्रदेशमा प्रादेशिक कार्यालयहरुको स्थापना गरिसकेको छ ।