९ मंसिर २०८१, आईतवार
सिद्धार्थ बैंक र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच सम्झौता भएको छ ।
सम्झौतासँगै महालक्ष्मी लाइफमा बीमा गर्ने उपभोक्ताले आवश्यक बीमासम्बन्धी सेवा तथा सुविधा सिद्धार्थ बैंकका सम्पूर्ण शाखा कार्यालयबाट प्राप्त गर्न सक्नेछन् ।
सम्झौतापत्रमा सिद्धार्थ बैंकका सहायक महाप्रबन्धक अर्जुन भद्र खनाल र महालक्ष्मी लाइफका सहायक महाप्रबन्धक सपना देवकोटा खरेलले हस्ताक्षर गरे ।