९ मंसिर २०८१, आईतवार
नेपाल धितोपत्र बोर्ड अगाडी पुनः अनसन सुरु भएको छ ।
केही महिनाअघि नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा आमरण अनशन बसेको दबाब समूहले सोमबार विरोध स्वरुप कालो बेलुन उडाएर अनसन सुरु गरेका हुन्।
आइतबार नेपाल धितोपत्र बोर्डमा गरेको शान्तिपूर्ण आन्दोलनमा सरकारले दमन गरेको भन्दै त्यसको बिरोधमा रिले अनसन सुरु गरेको उनीहरुको भनाई छ ।
रिले अनसनमा बसेका उनीहरुले ३२ बुँदे माग पूरा नभएसम्म अनसन जारी रहने बताएका छन् ।
पूँजी बजार सुधार र बिस्तारका साथै लगानीकर्ताहरूको लगानी सुरक्षाको संवैधानिक हकको सवालमा दुई महिनाअघि अर्थ मन्त्रालयलगायतका निकायमा पेस गरिएको माग सम्बोधन हुनु पर्ने उनीहरुले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ।