९ मंसिर २०८१, आईतवार
धादिङ जिल्लाको धादिङवेसीमा नेपाल बैङ्क लिमिटेडको नयाँ शाखा उद्घाटन भएको छ । धादिङ्गवेसीमा स्थापित शाखाको नेपाल बैक लिमिटेड संचालक समितिका अध्यक्ष वासुदेव अधिकारी र नेपाल बैक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत देवेन्द्रप्रताप शाहले संयुक्त रुपमा उद्घाटन गरे ।
सो अवसरमा बैंकका अध्यक्ष अधिकारीले बैंकले धनी र गरीव दुवैलाई समान दृष्टिले हेरि बैकिङ सेवामार्फत आर्थिक उन्नतीमा सघाउने वताए । त्यसैगरी बैकका प्रमुख कार्यकारी अधिकृत शाहले नेपाल बैंक लिमिटेड हाल वित्तीय आधारमा सवल बैकको रुपमा विकसित भएकोमा प्रशन्नता व्यक्त गर्दै यस शाखाबाट यस क्षेत्रको आर्थिक सामाजिक विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास प्रकट गरे ।