१३ मंसिर २०८१, बिहीबार
अग्नि ग्रुप अन्तर्गत अग्नि
मोटोइन्क प्रालिले नयाँ वर्ष
२०७६ को अवसरमा
‘खुशी आउँछ बन्डलमा’
योजना सार्वजनिक गरेको
छ । यस
योजना अन्तर्गत हरेक
बाइक तथा स्कुटरको
खरिदमा इन्स्ट्यान्ट क्यास ब्याक प्राप्त
गर्न सकिन्छ ।
स्क्र्याच कुपनमा न्यूनतम १०
हजारदेखि १ लाखसम्मको
क्यास ब्याक हरेक
ग्राहकले प्राप्त गर्न सक्नेछन्
। यसका साथै
एक वर्षको लागि
तेस्रो पक्ष बीमा
तथा सवारी करको
सुविधा तथा आकर्षक
हेलमेन्ट पनि निःशुल्क
रुपमा प्राप्त गर्न
सकिने छ ।
त्यतिमात्र
होइन, यो अवधिभित्र
महिन्द्राका स्कुटर वा मोटरसाइकल
खरिद गर्ने ग्राहकलाई
प्रदान गरिएको कुपनलाई लक्की
ड्रमा समावेश गराइने
छ र हरेक
१५ दिनमा एक
जना भाग्यशाली व्यक्तिलाई
होम अप्लायन्सहरु प्रदान
गरिने छ ।
लक्की ड्रको घोषणा
कम्पनीको आधिकारिक फेसबुक पेजमा
प्रत्यक्ष प्रसारण मार्फत गरिने
कम्पनीले जनाएको छ ।
सन् १९९१ मा
नेपालमा स्थापना भएको अग्निग्रुप
प्रालि अन्तर्गत अग्नी इन्कर्पोरेटेड
प्रालि, अग्नि इनर्जी प्रालि,
अग्नि मोटोइन्क प्रालि,
बालाजु अटो वक्र्स
प्रालि रहेका छन् ।
यी कम्पनीहरुले महिन्द्रा
युटिलिटि भेइकल, ट्रयाक्टर, टु
ह्वीलर तथा विद्युतीय
कार तथा जेनेरेटरहरु
विक्रीवितरण गर्दै आएका छन्
।