फोर्डले ल्यायो २०१९ संस्करणको फिगो बजारमा

होमल्याण्ड खबर

२०७५ चैत्र १३ गते, बुधबार १६:११ मा प्रकाशित

फोर्डले २०१९ संस्करणको फोर्ड फिगो बजारमा उपलब्ध गराएको छ । फिगोको मौलिक स्टाइल, शक्तिशाली इन्जिन, मितव्ययी र आरामदायी यात्रालाई अझ परिमार्जित गरी कम्पनीले नयाँ फिगो उपभोक्तामाझ प्रस्तुत गरेको हो ।

नयाँ फिगोको बजार मूल्य २४ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

नयाँ फिगोमा थप शक्तिशाली इन्जिन, आकर्षक डिजाइन, अगाडी र पछाडीको भागमा परिमार्जनका साथ उत्कृष्ट र आरामदायी भित्री बनोट तथा ब्रान्ड न्यु इन्टेरियेर रहेको छ । नयाँ फिगो रमाइलो र आरामदायी सवारीको मौलिकतालाई अझ बढी उजागर गर्दै नयाँ १.२ लि पेट्रोल र १.५ लि डिजेल इन्जिनका साथ उपलब्ध हुनेछ । आफ्नो श्रेणीमा नै उत्कृष्ट शक्तिशाली इन्जिन, सुरक्षित प्रविधि, उत्कृष्ट ग्राउन्ड क्लियरेन्स र कनेक्टीभिटी र मनोरञ्जनका लागि ७ इन्च टचस्क्रीन पनि फिगोमा उपलब्ध छ । 

नयाँ फोर्डमा १२ सयभन्दा बढी सुक्ष्म तथा ठूला परिवर्तन गरिएको कम्पनीको दाबी छ । नयाँ फोर्ड फिगो दुई इन्जिन प्रकार र चार मोडल तथा सात रंगहरुमा उपलब्ध हुनेछ ।

नयाँ फोर्ड फिगोमा फन टु ड्राइभ सिद्धान्तका हलुका र इन्धन उपयोगी ३ सिलिन्डरयुक्त १.२ लिटर पेट्रोल इन्जिन जडान गरिएको छ । यो नयाँ प्रविधियुक्त इन्जिनले ९६ पीएस पावर, १२० एनएम टर्क प्रदान गर्दछ । यसको डिजल भेरियन्टमा १.५ लिटर इन्जिन जडान गरिएको छ जसले १०० पीएस पावर र २१५ एनएम टर्क उत्पन्न गर्दछ जसको इन्धन खपत २५.५ किमी प्रतिलिटर हेको छ  । यी दुवै इन्जिनयुत्त फोर्ड फिगो ५ – स्पीड ट्रान्समिसनमा उपलब्ध हुनेछ र यो पहिलेको भन्दा १५ प्रतिशत हलुका हुनुका कारण बढी इन्धन बचत हुनेछ । साथै पहिलेको संस्करणभन्दा नयाँ फिगोमा करिब ४० प्रतिशत कम गेयर आयलको उपभोग हुनेछ ।

नयाँ फिगोमा धेरै नवीन प्रविधिहरु थपिएका छन् जसले सवारीलाई आरादायी बनाउनुका साथै बढी सुरक्षित पनि राख्न मद्दत गर्छ । फिगोको सबै मोडेलमा दुईवटा एयर ब्याग राखिएको छ । यसका साथ सुरुक्षालाई अझ सशक्त बनाउन एबीएस र ईएसपीले गाडीलाई मोडहरुमा हाक्न पनि सजिलो बनाएको छ । चालक तथा यात्रुको मनोरञ्जनका लागि यसमा ७ इन्चको टचस्क्रीन सिस्टम राखिएको छ ।
यसको ग्राउन्ड क्लियरेन्स १७४ मिलिमिटर रहेको छ ।