९ मंसिर २०८१, आईतवार
सिद्धार्थ बैंक र एसियन लाइफ इन्स्योरेन्स कम्पनीबीच सम्झौता भएको छ । सम्झौतासँगै एसियन लाइफको बीमा पोलिसि सिद्धार्थ बैंकको सबै शाखाबाट सहज रुपमा प्राप्त गर्न सकिनेछ ।
सम्झौतापत्रमा सिद्धार्थ बैंकका सहायक महाप्रबन्धक अर्जुन भद्र खनाल र एसियन लाइफका कामु नायब प्रमुख कार्यकारी अधिकृत मुरारीराज हुमागाईंले हस्ताक्षर गरे ।