९ मंसिर २०८१, आईतवार
वित्तीय साक्षरता कार्यक्रमसम्बन्धि सम्झौता भएको छ । प्रभावकारी ढंगले वित्तीय साक्षरता कार्यक्रम अगाडी बढाउन दुई संस्थाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ र एनबीआईका प्रमुख कार्यकारी अधिकृत सञ्जीव सुब्बाले हस्ताक्षर गरे ।
सम्झौताअनुसार एनबीआईले बनाएको वित्तीय साक्षरता सम्बन्धी मोबाईल एपको संरचना र सुविधाबारे सिभिल बैंकका कर्मचारीलाई विस्तृत जानकारी गराइनेछ । बैंकले आफ्ना सञ्जालमा रहेका सबै शाखाका कर्मचारीहरुलाई एनबीआई मोबाइल एपबारे ज्ञान दिलाई आ–आफ्नो ग्राहकमाझ वित्तीय साक्षरता कार्यक्रमलाई सहजताका साथ विस्तार गर्नको लागि प्रेरित गर्नेछ । साथै बैंकले एनबीआई एपमार्फत् समाजका विभिन्न वर्गलाई वित्तीय साक्षरताबारे जानकारी गराउनेछ । यदि आवश्यक भएमा एनबिआईले वित्तीय साक्षरता सम्बन्धी सचेतना कार्यक्रमका लागि बैंकलाई विशेष छुटका साथ आवश्यक सामाग्रीहरुको व्यवस्थापन पनि गरिदिनेछ ।