९ मंसिर २०८१, आईतवार
सनराइज बैंक लिमिटेड र लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लि. बीच बैंकास्योरेन्स सम्बन्धि सम्झौता भएको छ ।
बैंकास्योरेन्स सम्झौता अनुसार सनराइज बैंकले देश भर रहेका १०३ वटै शाखाहरmबाट एल.आइ.सी, नेपालको जीवन बीमा योजनाहरु बिक्री गर्न सक्ने छ ।
सनराइज बैंक लिमिटेडको प्रधान कार्यालयमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लि. का प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद दासबीच बैंकास्योरेन्स सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।