१५ परियोजनामा सम्झौता १७ वटामा लगानीका प्रस्ताव

होमल्याण्ड खबर

२०७५ चैत्र १७ गते, आईतवार ११:०४ मा प्रकाशित

लगानी सम्मेलनको अन्तिम दिन शनिबार १५ परियोजनामा सम्झौता र समझदारी तथा थप १७ परियोजनामा लगानी प्रस्ताव गरिएको समाचार आजको कारोबारले पहिलो पृष्ठमा छापेको छ ।
समाचारमा लेखिएको छ, शनिबार सकिएको दुई दिने लगानी सम्मेलनको क्रममा शनिबार १५ परियोजनामा सम्झौता तथा समझदारी समेत भएको हो ।

चौधरी ग्रुपले मात्र चार परियोजनामा सम्झौता र समझदारी गरेको छ । चौधरी ग्रुप र स्काई पावरबीच ६ सय मेगावाटको सोलार परियोजनाका लागि संयुक्त उपक्रम सम्झौता(जेभीए) भएको छ ।