ज्योति लाईफ र सिद्धार्थ ग्रुपअफ हस्पिटालिटीबीच सम्झौता

होमल्याण्ड खबर

२०७५ चैत्र १७ गते, आईतवार १६:५५ मा प्रकाशित

ज्योति लाइफ इन्स्योरेन्स र सिद्धार्थ ग्रुपअफ हस्पिटालिटी प्रालिबीच होटल तथा रेष्टुरेण्ट सेवामा साझेदारी गर्ने सम्झौता भएको छ । सम्झौता पत्रमा ज्योति लाईफ इन्स्योरेन्स कम्पनीका कार्यकारी उप–प्रमूख प्रकाशबिक्रम खत्री र सिद्धार्थ ग्रुपका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार ज्योति लाईफ इन्स्योरेन्समा आबद्ध निश्चत मापदण्ड पूरा गरेका ग्राहक, अभिकर्ता, कर्मचारी तथा शेयरधनीहरुलाई विशेष कार्ड जारी गरिने र उक्त कार्डबाहक तथा निजका परिवारका सदस्यहरुले सिद्धार्थ ग्रुपअफ हस्पिटालिटी प्रालिको सञ्जालभित्र आबद्ध भएका देशका विभिन्न स्थानमा रहेका १३ भन्दा बढी होटल, रिसोर्ट, कफीहाउस, बेकरी एण्ड क्याफेमा उपलब्ध हुने फुड एण्ड वेभरेज तथा अन्य होटल सेवामा विशेष छुट प्राप्त गर्ने छन् ।