नेपाल बार एशोसिएशन मतगणनाः प्रगतिशील समूहको अग्रता कायमै

होमल्याण्ड खबर

२०७५ चैत्र १९ गते, मंगलवार १४:३४ मा प्रकाशित

कानून व्यवसायीको छाता सङ्गठन नेपाल बार एशोसिएशनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणनामा प्रगतिशील, पेशागत तथा समावेशी समूहले अग्रता कायमै राखेको छ ।

मंगलबार दिउँसो झापा, इलाम र उच्च अदालत विराटनगर, धनकुटा, उदयपुर, सिराहा, बारासम्मको मत गनिसक्दा प्रगतिशील समूहले अग्रता कायमै राखेको हो ।

गण्ना भएको ५०२ मत मध्ये अध्यक्षमा प्रगतिशील समूहका चण्डेश्वर श्रेष्ठले ३५२ र लोकतान्त्रिक समूहका सुनिलकुमार पोखरेलले २५८ मत प्राप्त गरेका छन् ।

त्यसैगरी, महासचिवमा प्रगतिशील समूहका सुरेन्द्रबहादुर थापाले ३३६ मत र लोकतान्त्रिक समूहका लीलामणि पौडेलले २५८ मत प्राप्त गरेको बताइएको छ ।

सोमबार साँझ ५ बजेदेखि मतगणना शुरु भएको थियो ।