ग्लोबल आइएमई बैंकको थप ५ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा

होमल्याण्ड खबर

२०७५ चैत्र २० गते, बुधबार १५:५५ मा प्रकाशित

ग्लोबल आइएमई बैंकले विभिन्न जिल्लाहरुमा थप ५ वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।

बैंकले रोल्पाको परिवर्त गाँउपालिका– ३ इरिवाङ्गमा १२२औँ, सोही जिल्लाकै थवाङ्ग गाउँपालिका– २, ठुलोगाँउमा १२३औँ, ईलामको शुर्योदय नगरपालिका– १४, कट्टुसेमा १२४औँ, सप्तरीको डाक्नेश्वरी नगरपालिका– ९, पत्थरगाडामा १२५औँ र  पाँचथरको हिलिगाँउ गाउँपालिका– २, सिङ्गापुरमा १२६औँ शाखारहित बैंकिङ्ग सेवाको शुरुवात गरेको हो ।

यी पाँचै वटा शाखारहित बैंकिङ्ग सेवाहरु स्थानीय जनप्रतिनिधि, समाजसेवी, बुद्धिजिवी तथा स्थानीयवासीहरुको रोहवरमा उद्घाटन भएका हुन् । 

शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधि मार्फत बैंकिङ्ग सेवा लिन सक्नेछन ।