१३ मंसिर २०८१, बिहीबार
नेपाल उधोग परिसंघले बंगलादेशका राजदूत मसेफ बिनित शामससँग आर्थिक एवम् व्यापारिक सम्बन्धमा छलफल गरेको छ । सोमबार भएको उक्त छलफलमा नेपालबाट धागो आयात गर्न बंगलादेशले चासो देखाएको हो ।
राजदूत मसेफले नेपाल र बंगलादेशबीचको द्विपक्षीय आर्थिक एवम् व्यापारिक सम्बन्ध विकासमा दुवै सरकारका तर्फबाट विभिन्न तहमा औपचारिक भेटघाट समय—समयमा भएको बताउँदै नेपालको निकासी बंगलादेशमा सहुलियतपूर्ण प्रवेशका लागि सहयोग गर्न तयार रहेको बताइन् ।
सो छलफलका क्रममा उनले नेपालबाट बंगलादेशमा धागो आयात गर्नसमेत आफू इच्छुक रहेको र यसको प्रक्रिया मिलाउन दूतावासका तर्फबाट पहल गर्ने उनले बताइन् ।
नेपाल–बंगलादेश दुवै मुलुकले द्विपक्षीय, क्षेत्रीय एवम् अन्तरराष्ट्रिय स्तरका व्यापार, पर्यटन र लगानी अभिवृद्धिमा ठोस योगदान दिन सक्ने परिसंघका अध्यक्ष सतीशकुमार मोरले बताए ।