बिजुली सर्ट भएर आगलागीः करिव ११ लाखको क्षती

होमल्याण्ड खबर

२०७६ बैशाख १२ गते, बिहीबार १३:२३ मा प्रकाशित

पाँचथरको कुम्बायक गाँउपालीका—५ निगालेस्थित एक घरमा बिजुलीको तार सर्ट भएर गएराती आगलागी भएको छ । आगलागीमा करिव ११ लाख बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले बताएको छ ।

स्थानिय गहर सिंह वि.कको ढुङगा माटोको गारो लगाएको २ तल्ले घरमा आगो लागेको हो । राती २ बजे लागेको आगो आज बिहान सवा ५ बजे नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

आगालगीबाट भान्सा घर जलेर आंशिक क्षती भएको छ भने घर भित्र रहेको नगद र सुनचाँदीका गरगहनासमेत जलेर नष्ट भएको छ ।