१० मंसिर २०८१, सोमबार
एनआईसी एसिया बैंकले नुवाकोटको बिदुर नगरपालिकास्थित बेत्रावतीमा शाखा संचालन गरेको छ । बेत्रावती शाखाको बिदुर १० का वडाध्यक्ष गणेश कुमार नेपालले एक कार्यक्रमका बीच उद्घाटन गरे।
उद्घाटन समारोहमा प्रमुख अतिथि नेपालले एनआईसी एशिया बैंक निजि क्षेत्रको बैंक रहेको र शाखा सञ्जाल विस्तार गर्ने रणनीति राम्रो भएको भन्दै नागरिकहरुको बचत गर्ने बानी पनि बस्ने र यस्ता रणनीतिले देशको आर्थिक विकासमा टेवा पुग्ने बताए ।
त्यस्तै, उप प्रादेशिक कार्यालय प्रमुख बिकास खरेलले न्यून आए भएका देशका ग्रामीण तथा बिकट स्थानमा बसोबास गर्ने स्थानीय सर्वसाधारणहरूलाई वित्तीय सेवाको पहुँचमा ल्याउने र शाखा बिस्तार कार्यलाई निरन्तरता दिदै जाने बताए।