आइएमई लाइफइन्स्योरेन्स र सनराइज बैंकबीच सम्झौता

होमल्याण्ड खबर

२०७६ बैशाख १९ गते, बिहीबार ११:५९ मा प्रकाशित

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी र सनराइज बैंक काठमाडौँबीच बैंक अस्योरेन्स सम्झौता भएको छ । बैंक अस्योरेन्स सम्झौतामा इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्र भट्ट र बैंकको  तर्फबाट प्रमुखकार्यकारी अधिकृत रत्न राज बज्राचार्यले हस्ताक्षर गरेका छन् । 

बैंक अस्योरेन्स सम्झौता पश्चात् सर्वसाधारण तथा बैंकका ग्राहकहरुले सनराइज बैंकको कुनै पनि शाखाबाट आइएमई लाइफइन्स्योरेन्स कम्पनी जीवनबीमा गराउनका साथै जीवनबीमा सम्बन्धी जानकारी प्राप्त गर्न सक्नेछन् ।